मंगलबारे अस्पतालको इमरजेन्सी सेवा दुई दिनलाई बन्द - Mangsebung News
  • बुधबार, बैशाख १९, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

मंगलबारे अस्पतालको इमरजेन्सी सेवा दुई दिनलाई बन्द


दमक । मोरङको उर्लाबारी स्थित मंगलबारे रहेको मंगलबारे अस्पतालको इमरजेन्सी सेवा बन्द गरिने भएको छ ।

उपचारका लागि मंगलबारे अस्पताल आएका बिरामीमा कोरोना संक्रमण पुष्टि भएपछि मंगलबारे अस्पतालले दुई दिनको लागि अस्पतालको इमरजेन्सी सेवा बन्द गर्ने भएको हो ।

उपचारका लागि मंगलबारे अस्पताल आएर फकिएका कानेपोखरी–४ का एक वृद्धमा पुन बिरामी भई उपचारका लागि बिराटनगर गएको र उनमा कोरोनाको आशंका लागेर पिसीआर चेक गराउदा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनमा कोरोना संक्रमण पुष्टि भएपछि मंगलबारे अस्पतालले दुई दिनको लागि अस्पतालको इमरजेन्सी सेवा बन्द गर्ने कुरा विज्ञप्ती जारी गरि जानकारी गराएको छ ।

उपचारको क्रममा उनी बसेको अस्पताल इमरजेन्सी कक्षमा सेनिटाइज गर्नुपर्ने भएकोले शुक्रबार र शनिबार सेवा बन्द हुने विज्ञप्तीमा उल्लेख गरेको छ ।

उच्च ज्वरो आएपछि साउन ३२ मा अस्पतालमा उपचारका लागि आएका ती वृद्धमा बुधबार संक्रमण पुष्टि भएको हो । उनको विराटनगरमा स्वाब परीक्षण गरिएको थियो ।

सम्बन्धित खवर