इलामको सन्दकपुरमा थप ४ जना कोरोना संक्रमित - Mangsebung News
  • मङ्गलबार, जेठ ०८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इलामको सन्दकपुरमा थप ४ जना कोरोना संक्रमित


इलाम । इलामको सन्दकपुर गाउँपालिकामा थप ४ जना कोरोना भाइरसको संक्रमित थपिएका छन् ।

सन्दकपुर गाउँपालिकाको वडा नं ३ र ४ मा पर्ने पञ्चकन्या हाइड्रोपावरमा कार्यरत कर्मचारीको परिवारमा गरिएको परिक्षणमा कोरोना संक्रमित पुष्टि भएको हो ।

संक्रमितहरु मध्ये हाइड्रोपावरका कर्मचारीको परिवारका सदस्य ३ जना र संक्रमित देखिएका कर्मचारीहरुले खाजा खाएको होटल मालिक रहेको सन्दकपुर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मनोजकुमार धुर्जारले जानकारी दिए ।

संक्रमण पुष्टि हुनेहरुमा २ महिला र २ पुरुष रहेका छन् । उनीहरुलाई इलाममा रहेको आइसोलेसनमा लग्ने तयारी भइरहेको छ ।

कोरोना फैलिने जोखिम भएपछि गाउँपालिकामा लकडाउनको अवधि थप गरिएको छ । गाउँपालिकाले तेश्रो चरणमा आगामी भदौ ११ गतेसम्म लकडाउन थप गरेको छ । यसअघि पहिलो चरणमा साउन २२ बाट लकडाउन गरिएको थियो र दोस्रो थप गरेर साउन २९ लकडाउन जारि गरिएकोे थियो ।

हाल संक्रमित देखिएको वडा नं ३ र ४ का केही भागमा गरिएको लकडाउन अझै यथावत नै रहने प्रमुख प्रशासकीय अधिकृत महेश राईले जानकारी दिए ।

सम्बन्धित खवर