माङसेबुङमा कोरोना टेस्ट सबैको रिपोर्ट नेगेटिभ - Mangsebung News
  • मङ्गलबार, जेठ ०८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माङसेबुङमा कोरोना टेस्ट सबैको रिपोर्ट नेगेटिभ


माङसेबुङ ।
इलामको माङसेबुङ गाउँपालिकामा कोरोना भाइरस (कोभिड १९) को परिक्षण गर्दा सबै रिपोर्ट नगेटिभ आएको छ ।

एक साता अघि ४१ जनाको स्वाब संकलन गरि पीसीआर परिक्षणका लागि पठाइएकोमा सबै जनाको रिपोर्ट नेगेटिभ आएको गाउँपालिका कार्यालयले जनाएको छ ।

गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र गाउँपालिका भन्दा बाहिरबाट आएकाहरुको स्वाब संकलन गरि पीसीआर परिक्षणका लागि पठाइएको थियो ।

परिक्षणमा उनीहरु सबैको रिपोर्ट कोरोना नेगेटिभ आएको गाउँपालिकाका कोभिड १९ फोकल पर्सन दिपक ल्वागुनले बताए ।

सम्बन्धित खवर