दमकमा थप १६ जना कोरोना संक्रमित, दमकमा मात्रै जम्मा ६६ जना संक्रमित - Mangsebung News
  • मङ्गलबार, जेठ ०८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

दमकमा थप १६ जना कोरोना संक्रमित, दमकमा मात्रै जम्मा ६६ जना संक्रमित

दमक । झापाको दमक नगरपालिकामा थप १६ जना कोरोना भाइरसको संक्रमित थपिएको छ ।

शनिबार आएको रिर्पोट अनुसार दमकमा एकै दिन १६ जना कोराना संक्रमित थपिएका हुन् । यो अहिलेसम्म एकै दिनमा थपिएको सबै भन्दा धेरै रहेको हो ।


दमकका स्वास्थ्य निरिक्षक बद्री अधिकारीका अनुसार अधिकांश संक्रमित कर्मचारी रहेको छ । संक्रमित मध्ये नेपाल विद्युत प्राधिकरण दमकमा कार्यरत ६ जना कर्मचारीमा कोरोना देखिएको हो ।

यस्तै दमकको पाथिभरा होटल क्वारेन्टाइनमा बसेका ८ जना, एक जना समुदाय स्तरमा देखिएको बताइएको छ । संक्रमण देखिएका मध्ये एक जनाको कार्यरत कार्यालय कुन हो भन्ने खुल्न बाकीँ रहेका छ । एक जना औषधि ब्यवसायीमा समेत कोरोना पोजेटिभ भएको जनाईएको छ ।

शनिबार संक्रमित देखिएका ३ जना महिला हुन भने अरु पुरुष रहेका छन् । गत मगंलबार दुई सय २७ जनाको स्वाब संकलन गरी पठाएकोमा १६ जनामा कोरोना देखिएको हो ।

अहिलेसम्म दमकमा मात्रै ६६ जनामा कोरोना संक्रमण पुष्टि भईसकेको छ भने १४ जना उपचार पछि निको भएर घर फर्किएका छन् ।
!

सम्बन्धित खवर