दमकमा भदौ १३ सम्म लकडाउन जारी रहने - Mangsebung News
  • बुधबार, जेठ ०९, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

दमकमा भदौ १३ सम्म लकडाउन जारी रहने


दमक । कोरोना भाइरस (कोभिड १९) को संक्रमण दमकमा तीव्र रुपले फैलिदै गए पछि लकडाउन अवधी पुनः एक हप्ता थप गरिएको ।

शनिबार बसेको नगरपालिकाको कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकले भदौ १३ गते राति १२ बजेसम्म लकडाउन थप गर्ने निर्णय गरेको हो ।

बैठकमा जनप्रसतनिधिहरुसहित राजनीतिक दल, सुरक्षा अधिकारी तथा स्थानीय सामाजिक संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

यसअघि दमकमा कोरोनाको जोखिम बढेको भन्दै साउन ३२ गतेदेखि भदौ ६ गते सम्म लकडाउन गरेको थियो । आज लकडाउन अवधी सक्दै थियो, तर आज नै दमकमा थप १६ जनामा कोरोना संक्रमण देखिएपछि नगरपालिका क्षेत्रमा थप लकडाउन गर्ने निणय गरेको हो ।

गत शुक्रबार मात्रै दमकमा ७ जनामा कोरोना संक्रमण देखिएको थियो । त्यस यता निरन्तर दमकमा संक्रमित बढिरहेका छन् ।

दमकमा हालसम्म ६६ जना कोरोना संक्रमित भएका छन् ।

संक्रमित मध्ये अहिलेसम्म १४ जना उपचार पछि घर फर्किएका छन् भने अन्यको कोभिड अस्पताल तथा विभिन्न होम आइसोलेसनमा उपचार भइरहेको स्वास्थ्य शाखाले जनाएको छ ।

सम्बन्धित खवर