दमक निवासी १ परुषको कोरोना संक्रमणबाट काठमाडौमा मृत्यु - Mangsebung News
  • बुधबार, जेठ ०९, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

दमक निवासी १ परुषको कोरोना संक्रमणबाट काठमाडौमा मृत्यु


दमक । झापाको दमक निवासी एक जना पुरुषको कोरोना संक्रमण कारण मृत्यु भएको छ ।

दमक नगरपालिका वडा नं १ का का ५६ बर्षीय पुरुषको उपचारको क्रममा काठमाडौंको ह्याम्पस अस्पतालमा मृत्यु भएको हो ।

पित्तथैलीमा भएको पथरीको शल्यक्रियाका लागि उक्त अस्पताल पुगेका उनको पिसिआर परीक्षण गर्दा कोरोना संक्रमण पोजिटिभ पाइएको हो ।

कोरोनाबाट मृत्यु भएका पुरुष सुरुमा विराटनगर स्थित नोबेल अस्पताल गएका थिए । त्यहाँका चिकित्सकलाई कोरोना संक्रमण भएपछि उनलाई ह्याम्स अस्पताल रेफर गरिएको थियो ।

ती पुरुषमा अस्पतालबाट संक्रमण सरेको हुनसक्ने दमक नगरपालिकाको स्वास्थ्य शाखाले जानकारी दिए ।

मृतक पुरुषका परिवारका सदस्य तथा सम्पर्कमा रहेका व्यक्तिहरूको कन्ट्याक्ट ट्रेसिङको काम शुरु गरिसकिएको नगरपालिका कार्यालयले जनाएको छ ।

सम्बन्धित खवर