झापाको गौरादह नगरपालिकामा भदौ २२ सम्म लकडाउन हुने - Mangsebung News
  • मङ्गलबार, जेठ ०८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

झापाको गौरादह नगरपालिकामा भदौ २२ सम्म लकडाउन हुने


दमक । झापाको गौरादह नगरपालिकामा भदौ २२ सम्म लकडाउन हुने भएको छ ।

आइतबार नगरपालिकामा बसेको सर्वपक्षीय बैठकले आज सोमबार देखि भदौ २२ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको हो ।

लकडाउनअवधिभर तरकारी र खाद्यान्नका पसल हरेक दिन बिहान ९ बजेसम्म खुल्ने छन् । वित्तीय संस्था बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म खुल्ला राख्ने निर्णय भएको नगरप्रमुख रोहितकुमार साहले बताए ।

आइतबार आएको रिपोर्टमा विद्युत प्राधिकरण कार्यालय गौरादहका एक कर्मचारी र कृषि क्याम्पसको क्वारेन्टिनमा रहेका एक जनासहित दुई जनामा संक्रमण पुष्टि भएपछि गौरादहमा लकडाउन गरिएको हो ।

कोरोना संक्रमण देखिएका नेपाल विद्युत प्राधिकरण गौरादह शाखाका कर्मचारी मिटर रिडिङमा बस्तीबस्ती पुगेका थिए । उनी बस्तीबस्ती पुगेपछि संक्रमण समुदाय स्तरमा फैलिएको अनुमान गरिएको छ ।

संक्रमितको सम्पर्कमा रहेका एकसय जनाको रिपोर्ट नआउँदै प्राधिकरणका कर्मचारी मिटर रिडिङ गर्न ग्राहकको घरघर पुगेका थिए । उनी कन्ट्र्याक ट्रेसिङमा परेका व्यक्ति हुन् ।

सम्बन्धित खवर