
काठमाडौ । पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित ब्रिफिङका क्रममा जानकारी गराए अनुसार सुनसरीका ६८ वर्षीय पुरुष, मोरङ ६५ वर्षीय पुरुष, पर्साकी ७० वर्षीया महिला, काठमाडौँकी ४८ वर्षीया महिला, रुपन्देहीकी ६७ वर्षीया महिला, रुपन्देहीकै ३८, ५३, ५४ वर्षका पुरुषहरुको मृत्यु भएको छ ।
योसँगै नेपालमा कोभिड १९ बाट मृत्यु हुनेको संख्या १ सय ५७ पुगेको छ