
माङसेबुङ । केहि महिना अघिबाट सोसियल मिडियामा देखिएको एउटा अश्लील भिडियोमा आफ्नो नाम जोडेर चरित्रहत्या गर्न खोजिएको भन्दै अभिनेत्री तथा मोडल रेखा लिम्बुले आपति जनाएकी छन् ।
सोमबार प्रेस बिज्ञप्ति जारी गर्दै अभिनेत्री रेखाले केहि महिना अघिबाट सोसियल मिडियामा देखिएको एउटा अश्लील भिडियोको पात्र आफु नरहेको स्पष्ट पार्दै आफ्नो नाम जोडेर चरित्रहत्या गर्न खोजिएको भन्दै आपति जनाएकी हुन् ।
भिडियोको पात्र आफू नरहेपछि ढुक्क रहँदारहँदै पनि आफन्त, शुभचिन्तकहरूमा बाराम्बार फैलिएको र दिनहुँ आउने फोनकलहरूलाई स्पष्ट पार्न प्रेस बिज्ञप्ति जारी गर्दै आफू र परिवारलाई मानसिक तनाव नदिन आग्रह समेत गरेकी छन् ।
अभिनेत्री रेखाले भिडियोसंग नाम जोडेर नचाहिदो तरिकाले अनावश्यक प्रचार गरिएकोमा दुखित तुल्याएको बताएकी छिन् ।
‘हुँदै नभएको कुरामा मलाई स्पष्टीकरण दिई राख्नुपर्ने आवश्यकता त थिएन तर पनि बारम्बार मलाई यहि कुरामा मेरो आफ्नो नाम जोडेर मानसिक तनाव दिने कार्य अहिलेसम्म पनि बन्द नभएको कारणले गर्दा मैले आफ्नो धारणा पेश गरेकी हुँ ।’ उनले वक्तव्यमा उल्लेख गरेकी छिन् ।

‘खाएको विष पो लाग्छ तर मलाई खादै नखाएको विष जबर्जस्ती खुवाएर मेरो चरित्रहत्या गर्न खोजिदैछ ।’ आफन्तले ‘आफ्नै होला र त चुप लाग्यो’ भनिदिएकाले नै वक्तव्यमार्फत स्पष्टीकरण दिन आएको उल्लेख गरेकी हुन् ।
‘चिनिया, कोरियन, थाइल्याण्डका युवतीहरूसँग नेपाली मंगोलियन युवतीहरूको अनुहार मिल्ने भएकोले आफूजस्तै देखेकोहरूले अपवाह फैलाएका हुन् ।’ रेखाको स्पष्टीकरण थियो ।
चिनजानकै साथीभाईहरूले शुरुमा तिमीजस्तै भनेर देखाएको र होइन भनेर प्रष्ट पार्दा त्यसको केहीदिनपछि आफन्त तथा समुदायमा पुगेको पनि रेखाले जनाएकी छिन् । तसर्थ आफूजस्तै कुनै युवतीको भिडियो फेला पारेर नियोजित रूपमा आफूलाई बद्नाम गर्न लागिपरेको उनको भनाई छ ।
चलचित्रकर्मी महासंघको पनि अपिल
अभिेनत्री तथा मोडल रेखा लिम्बूलाई बदनाम गर्ने कुचेष्टा गर्दै केही समय अगाडी भाइरल भएको अश्लील भिडियोमा नायिका तथा मोडल रेखा लिम्बुको नाम जोडिएर सोसियल मिडियामा प्रचार प्रसार गरिएकोे भन्दै चलचित्रकर्मी महासंघ, प्रदेश नं. १ ले आपत्ति जनाउँदै विज्ञप्ति जारी गरेको छ ।
सामाजिक सञ्जालमा भिडियो फैलिने वित्तिकै नेपाल चलचित्रकर्मी महासंघ प्रदेश नं. १ ले गत असार २९ गते सचेतना वक्तव्य जारी गरेको थियो । नाम उल्लेख नगरी प्रदेश नं. १ की एक महिला कलाकारको नाम जोडेर अनर्गल भिडियो भाइरल बनाइएको प्रति ध्यानाकर्षण गराएको थियो ।
विज्ञप्तिमा उल्लेख छ –‘केहि समय अगाडी भाईरल भएको अश्लील भिडियोमा नायिका तथा मोडल रेखा लिम्बुको नाम जोडिएर सोसियल मिडियामा प्रचार प्रसार गरिएको कुरा प्रती हामी प्रदेश न १ का चलचित्रकर्मीहरू को गम्भीर ध्यान आकर्षण भएको छ । यो बिषयमा हामीले मिति असार २९ गते नै आफ्नो धारणा सहितको बिज्ञप्ति निकाली सकेका छौ । उक्त अश्लील भिडियोमा देखिएको ब्यक्ति रेखा लिम्बू नभएको कुरा हामी पुन स्पष्ट पार्न चाहन्छौ ।’

चलचित्रकर्मी महासंघ , प्रदेश न १,
प्रेस विज्ञप्ति
आदरणीय पत्रकार महोदय नमस्कार,
केही समय अगाडी भाइरल भएको अश्लील भिडियोमा नायिका तथा मोडल रेखा लिम्बुको नाम जोडिएर सोसियल मिडियामा प्रचार प्रसार गरिएको कुरा प्रती हामी प्रदेश न १ का चलचित्रकर्मीहरु को गम्भीर ध्यान आकर्षण भएको छ । यो बिषयमा हामिले मिति २०७७–३–२९ गते नै आफ्नो धारणा सहितको विज्ञप्ति निकालिसकेका छौ । उक्त अश्लील भिडियोमा देखिएको ब्यक्ती रेखा लिम्बु नभएको कुरा हामी पुन स्पष्ट पार्न चाहन्छौ ।
हामीले यो विषयमा इलाका प्रहरी कार्यालय धरानमा साईबर कानुन अन्तर्गत मिति २०७७–०४–०२ गते उजुरी पनि गरि सकेका छौ र इप्रका धरानबाट यस्तो कार्य गर्ने अपराधीलाई छिटोभन्दा छिटो पत्ता लगाई साईबर कानुन अन्तरगत कारबाही गरिने ब्यहोरा पनि जानकारी गराइएको छ । यसप्रकारले अरु कसैको भिडियोमा कसैको पनि नाम जोडिएर प्रचार प्रसार गरिनु एकदमै निन्दनीय कार्य भएकोले गर्दा आदरणीय सम्पुर्ण ब्यक्तित्वहरुलाई यस्तो कार्यमा सहभागी नभई दिनहुन हार्दिक अनुरोध गर्दछौ । सोसल मिडियाको दुरुपयोग गर्दै यसप्रकारले कसैको पनि चरित्रहत्या गर्नेहरु विरुद्ध हामी सम्पुर्ण प्रदेश न १ का चलचित्रकर्मीहरु एकबद्ध भएर लाग्ने जानकारी पनि गराउदछौ । अहिलेको यस विषम परिस्थितिमा हामिले सम्पुर्ण चलचित्रकर्मीहरु लगायत बिभिन्न सरोकारवाला संस्थाहरु संग भर्चुअल छलफल गरि यो बिज्ञप्ति जारी गरेका छौ । आदरणीय पत्रकार महोदय ज्युहरु लाई पनि यस्ता गलत कार्य गर्ने ब्यक्ति , समुहहरु लाई दुरुत्साहन गर्ने गरि कलम चलाईदिनहुन पनि हार्दिक अनुरोध गर्दछौ । धन्यवाद ।
अरुण कुमार प्रधान (अध्यक्ष) चलचित्रकर्मी महासंघ, प्रदेश न १,
प्रेम सुब्बा (ब.सल्लाहकार ) चलचित्रकर्मी महासंघ, प्रदेश न १,
परशुराम चौधरी (केन्द्रिय अध्यक्ष) थारु चलचित्र तथा संस्कृतिक संघ,
नानीचन्द्र सिङ्गक ( अध्यक्ष ) सिङ्गक समाज हङकङ , ( पूर्व अध्यक्ष ) धरान हङकङ मंच,
किशोर सम्बाहाम्फे ( ब.सल्लाहकार ) चलचित्रकर्मी महासंघ , प्रदेश न १,
केशव श्रेष्ठ (अध्यक्ष ) शारीरिक सुगठन प्रदेश नम्बर १)
निरज ब्लाक (अध्यक्ष) मोरंग चलचित्रकर्मी संघ,
रविन श्रेष्ठ , (कोषाध्यक्ष) सुनसरी चलचित्रकर्मी संघ,
दिनेश कोईराला (अध्यक्ष) चलचित्र कलाकार संघ, प्रदेश १,
मिना सिङ्गक (अध्यक्ष) याक्थुङ सिङ्गक फाउन्डेसन,
विश्व लिम्बु (अध्यक्ष) याक्थुङ युथ एसोसिएस
