दमकका एक सहित झापामा थप ८ जना कोरोना संक्रमित - Mangsebung News
  • मङ्गलबार, जेठ ०८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

दमकका एक सहित झापामा थप ८ जना कोरोना संक्रमित


झापा । पछिल्लो २४ घन्टामा झापामा ८ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित ब्रिफिङका क्रममा जानकारी गराए अनुसार मंगलबार झापामा ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेहरुमा झापाको भद्रपुरका १ महिला र ३ पुरुष, कमलगाउँपालिकाका १ महिला र १ पुरुष, दमक र गौरीगञ्जका १–१ पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

यो संगै अहिलेसम्ममा झापामा ४ सय ८३ जना कोरोना संक्रमित भएका छन् ।

सम्बन्धित खवर