लागुऔषध सहित चुलाचुलीमा दुई युवा पक्राउ - Mangsebung News
  • मङ्गलबार, जेठ ०८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

लागुऔषध सहित चुलाचुलीमा दुई युवा पक्राउ


इलाम । लागूऔषध (गाँजा) सहित इलामको चुलाचुली ५, चपेटीबाट दुई जना युवा पक्राउ परेका छन् ।

माङसेबुङ गाउँपालिका–५, का १९ बर्षीय प्रेम राई र १७ बर्षीय अमिर लिम्बू माङसेबुङ देखि झापा तर्फ लागूऔषध (गाँजा) सहित जादै गरेको अवस्थामा शसस्त्र प्रहरीले चुलाचुली ५ चपेटीबाट पक्राउ गरेको हो ।

अन्दाजी २ किलोग्राम तयारी गाँजा लिएर झापा तर्फ जाँदै गरेका राई र लिम्बुलाई सशस्त्र प्रहरी बेस क्याम्प चुलाचुलीका इन्चार्ज भोला खत्रीको कमाण्डमा खटिएको टोलीले चपेटी नजिकै जिरो प्वाइन्ट भन्ने स्थानबाट पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनालाई कानुनी पक्रिया पुरा गर्नका लागि प्रहरी चौकी पेल्टीमारीमा बुझाइएको इन्र्चाज खत्रीले जानकारी दिए ।

उनीहरुलाई थप कारबाहीका लागि प्रहरी चौकी पेल्टीमारीबाट जिल्ला प्रहरी कार्यालय इलाम पठाइसकिएको प्रहरी चौकी पेल्टीमारीका इन्चार्ज जीवन कार्कीले बताए ।

सम्बन्धित खवर