थप ८८५ जना कोरोना संक्रमित, संक्रमित संख्या ३४,४१८ पुग्यो - Mangsebung News
  • आइतबार, असार २२, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

थप ८८५ जना कोरोना संक्रमित, संक्रमित संख्या ३४,४१८ पुग्यो


काठमाडौं ।
कोरोना भाईरसको संक्रमित बुधबार ८ सय ८५ जना थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा १३ हजार २ सय ५३ जनामा गरिएको परिक्षमा बुधबार ८ सय ५५ जना थपिएको छ । सयसंगै नेपालमा हालसम्मको कारोना संक्रमितको संख्या ३४ हजार ४ सय १८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३ सय ८५ जना कोरोना मुक्त भएर घर फर्किएका छन् । यससंगै १९ हजार ५ सय ४ जना उपचारपछि निको भइसकेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप ११ जनाको मृत्यु भएको छ । यस संगै नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हेनेको संख्या १ सय ७५ पुगेको छ ।

सम्बन्धित खवर