दमकमा थप १५ जना कोरोना संक्रमित - Mangsebung News
  • मङ्गलबार, जेठ ०८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

दमकमा थप १५ जना कोरोना संक्रमित


दमक । झापामा दमक नगरपालिका क्षेत्रमा बुधबार १५ जना कोरोना भाइरसको संक्रमण थपिएका छन् ।

दमक नगरपालिकाका उप–प्रमुख गीता अधिकारीले विज्ञप्तीमा जनाए अनुसार आज १५ जना थपिएका हुन ।

दमक नगरपालिका क्षेत्र भित्रका विभिन्न क्षेत्रका २ सय ९ जनाको पिसीआर परिक्षमा ६ जना महिला र नौ जना पुरुष गरि १५ जना रहेका छन् ।

उनीहरु होम क्वारेन्टिनमा रहेका २ जना, शंकास्पद विरामी १ जना, औषधि व्यसायी २ जना, कर्मचारी ४ जना, दुरसञ्चार दमकका १ जना, स्थानीय समुदायका ५ जना रहेका छन् ।

त्यस्तै झापाको गौरीगञ्जका एक जना महिला समेत संक्रमित रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।

यो संगै अहिलेसम्म झापामा कुल संक्रमितको संख्या ५३३ पुगेको छ ।

सम्बन्धित खवर