बिहीबार थप १ हजार १११ जना कोरोना संक्रमित, संक्रमित संख्या ३५,५२९ पुग्यो - Mangsebung News
  • आइतबार, असार २२, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

बिहीबार थप १ हजार १११ जना कोरोना संक्रमित, संक्रमित संख्या ३५,५२९ पुग्यो


काठमाडौं । कोरोना भाइरसको संक्रमित बिहीबार एक हजार एक सय ११ जना थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा १२ हजार ६ सय २९ जनामा गरिएको परिक्षमा बिहीबार १ हजार १ सय ११ जना थपिएको छ । सयसंगै नेपालमा हालसम्मको कारोना संक्रमितको संख्या ३५ हजार ५ सय २९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५ सय ६९ जना कोरोना मुक्त भएर घर फर्किएका छन् । यससंगै २० हजार ७३ जना उपचारपछि निको भइसकेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप ८ जनाको मृत्यु भएको छ । यस संगै नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हेनेको संख्या १ सय ८३ पुगेको छ ।

सम्बन्धित खवर