
काठमाडौ । पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित ब्रिफिङका क्रममा जानकारी गराए अनुसार पछिल्लो २४ घन्टामा विभिन्न जिल्लाका ५ जना महिला र ३ जना पुरुषको मृत्यु भएको हो
मृत्युु हुनेहरुमा कास्कीमा ३२ वर्षीया महिला, ललितपुरकी ६५ वर्षीया महिला, बाराकी २३ वर्षीया महिला, बाँकेकी ७० वर्षीया महिला, रुपन्देहीकी ७० वर्षीया महिला, काठमाडौंका ४८ वर्षीय पुरुष, पर्साका ६२ वर्षीय पुरुष र कपिलबस्तुका ५० वर्षीय पुरुष रहेका छन् ।
योसँगै नेपालमा कोभिड १९ बाट मृत्यु हुनेको संख्या १ सय ८३ पुगेको छ ।