झापाका १ जना कोरोना संक्रमणबाट मृत्यु - Mangsebung News
  • बुधबार, जेठ ०९, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

झापाका १ जना कोरोना संक्रमणबाट मृत्यु


झापा । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट झापामा एक जनाको ज्यान गएको छ ।

झापाको कमल गाउँपालिकाका–३, केर्खा बजारका ८३ वर्षीय वृद्धको संक्रमणबाट मृत्यु भएको हो ।

कोरोना संक्रमण पुष्टि भएपछि उनलाई साताअघि उपचारको लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो ।

कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेका अनुसार उपचारका क्रममा उनको शुक्रबार विहान ४ बजे मृत्यु भएको हो । उपचारको क्रममा उनको विपीमा मृत्यु भएको हो ।

सम्बन्धित खवर