
काठमाडौं । कोरोना भाइरसको संक्रमित शुक्रबार ९ सय २७ जना थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा १० हजार २ सय २९ जनामा गरिएको परिक्षमा बिहीबार ९ सय २७ जना थपिएको छ । सयसंगै नेपालमा हालसम्मको कारोना संक्रमितको संख्या ३६ हजार ४ सय ५६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १ सय ६९ जना कोरोना मुक्त भएर घर फर्किएका छन् । यससंगै २० हजार २ सय ४२ जना उपचारपछि निको भइसकेका छन् ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप १२ जनाको मृत्यु भएको छ । यस संगै नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हेनेको संख्या १ सय ९५ पुगेको छ ।