कमल गाउँपालिकामा थप एक हप्ता निषेधाज्ञा - Mangsebung News
  • मङ्गलबार, जेठ ०८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कमल गाउँपालिकामा थप एक हप्ता निषेधाज्ञा


झापा । झापाको कमल गाउँपालिकाले एक हप्ता निषेधाज्ञा थप गरेको छ ।

शनिबार बिहान बसेको कार्यपालिकाको बैठकले एक हप्ता निषेधाज्ञा थप गर्नका लागि जिल्ला प्रशासन कार्यालय झापालाई सिफारिस गर्ने निर्णय गरेको हो ।

निषेधाज्ञाका समयमा गाउँपािलकाको वडा नम्वर ३, केर्खा बजारमा कुनै पनि पसल खोल्न पाइने छैन् भने अन्य क्षेत्रमा बिहान ९ बजेसम्म अतिआवश्यक बस्तु तथा सेवाको व्यवसाय खुल्ला रहने आज प्रकाशित प्रेस विज्ञप्तीमा उल्लेख छ ।

त्यस्ते सबै खाले पार्टी, कार्यक्रम, भोज, उत्सबमा मान्छेहरु भेला हुन पुर्ण रुपमा बन्द गरिएको छ ।

कार्यपालिका बैठकको निर्णयानुसार निषेधाज्ञा जारी गर्न जिल्ला प्रशासन कार्यालय झापालाई सिफारिस गर्ने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठले जानकारी दिए ।

पछिल्लो समय गाउँपालिकामा कोरोना भाइरसको संक्रमण निरन्तर बढिरहेकोले त्यसलाई रोकथाम तथा नियन्त्रण गर्नका लागि भदौ २० गते राति १२ बजेसम्म निषेधाज्ञाको समय जारी गर्ने भउकोे हो ।

सम्बन्धित खवर