प्रहरी हबलदारको मोटरसाइकल दुर्घटनामा मृत्यु - Mangsebung News
  • मङ्गलबार, जेठ ०८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

प्रहरी हबलदारको मोटरसाइकल दुर्घटनामा मृत्यु

इनरुवा । प्रहरी हबलदारको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ ।

शनिबार सुनसरी सदरमुकाम इनरुवा–९ बबियास्थित भित्री सडकमा मोटरसाइकल दुर्घटनामा परी प्रहरी हबलदारको मृत्यू भएको हो ।

मृत्यु हुनेमा सप्तरी बलान घर भएका संघीय प्रहरी इकाइ कार्यालय धरान दरबन्दी भई जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी हबलदार विजयकुमार मण्डल रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले बताए ।

को १ प २११५ नंको मोटरसाइकलमा गस्तीमा निस्केका बेला बिजुलीको पोलमा ठोक्किएर दुर्घटनामा परेको थियो ।

उपचारका क्रममा मण्डलको मृत्यु भएको प्रहरी नायब उपरीक्षक शर्माले बताए । घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

सम्बन्धित खवर