माङसेबुङ सेवा समाज दक्षिण कोरियाद्धारा नेम्बाङ दम्पतिलाई सहयोग प्रदान - Mangsebung News
  • मङ्गलबार, जेठ ०८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माङसेबुङ सेवा समाज दक्षिण कोरियाद्धारा नेम्बाङ दम्पतिलाई सहयोग प्रदान

तस्विर : प्रविन सेलिङ ‘सेन्दो’


दमक / विगत २ वर्ष यता प्यारालाईसिसले थलिएका साङदाम्गेनवरुमसाबा होमकर्ण नेम्बाङ र उनको जीवन संगीन िआईतमाया हाङगामलाई आर्थिक सहयोग प्रदान भएको छ ।

शनिबार फाल्गुनन्द फाउन्डेशनका अध्यक्ष तथा माङसेबुङ मासिक पत्रिकाका प्रबन्ध सम्पादक बिक्रम फागो वनेमले बिरामी नेम्बाङ दम्पतिलाई सहयोग हस्तान्तरण गरेको हो ।

माङसेबुङ सेवा समाज दक्षिण कोरियाले संयोजन गरि बैदेशिक रोजगारीको शिलशिलामा दक्षिण कोरिया पुगेका नेपाली दाजुभाईबाट संकलन गरिएको ४२ हजार रुपैयाँ सहयोग स्वरुप वनेमले नेम्बाङ दम्पतिलाई प्रदान गरेका हुन । उनलाई दमक ३, दुम्से स्थित निवासमा गएर सो रकम प्रदान गरिएको छ ।

फाल्गुनन्द फाउन्डेशनको पहलकदमीमा माङसेबुङ सेवा समाज दक्षिण कोरियाले संयोजन गरि रकम संकलन भएको फाउन्डेशनका अध्यक्ष वनेमले बताए । वनेमका अनुसार आगामी दिनमा समेत बिरामी दम्पतिलाई सहयोग संकलन गरि प्रदान गरिनेछ ।

विगत दुई वर्षदेखि प्यारलाईसिस्ले थलो पारेका नेम्बाङ दम्पतिलाई ३ महिनाको अन्तरालमा प्यारलाईसिस् लागेको थियो ।

सुरुमा बुढाबुढी दुबै जनाको हातखुट्टा नै नचल्ने अवस्था रहेको थियो । लामो समय सम्मको उपचार पछि अहिले सामान्य उठ्न बस्न सक्ने भएका छन ।

किरात ज्योतिसविद रन्धोज नेम्बाङको साईला छोरा होमकर्ण नेम्बाङ साङदाम्गेनवरुमसाबा हुन् । उनले लामो समयसम्म किरात धर्ममा योगदान पुयाएका छन् ।

सम्बन्धित खवर