
काठमाडौं । कोरोना भाइरसको संक्रमित आइतबार १ हजार २ सय २१ जना थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा १२ हजार ७ सय २७ जनामा गरिएको परिक्षमा आइतबार १ हजार २ सय २१ जना थपिएको छ । सयसंगै नेपालमा हालसम्मको कारोना संक्रमितको संख्या ३८ हजार ५ सय ६१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा २ सय ६७ जना कोरोना मुक्त भएर घर फर्किएका छन् । यससंगै २० हजार ८ सय २२ जना उपचारपछि निको भइसकेका छन् ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप १४ जनाको मृत्यु भएको छ । यस संगै नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हेनेको संख्या २ सय २१ पुगेको छ ।