
काठमाडौ । नेपालमा कोरोना भाइरसको संक्रमणका कारण आइतबार थप १४ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित ब्रिफिङका क्रममा आइतबार जानकारी गराए अनुसार पछिल्लो २४ घन्टामा विभिन्न जिल्लाका ४ महिला र १० जना पुरुष गरी १४ जनाको संक्रमणका कारण मृत्यु भएको हो ।
मृत्युु हुने चार महिलामध्ये सुनसरीका ७४, बारा ४७, महोत्तरी ६२ र काठमाडौंकी ७२ वर्षीया महिला रहेका छन् ।
त्यसैगरी सुनसरी ६०, मोरङका ६२, महोत्तरी ७० र ३५, रौतहटका ३०, ललितपुरका २९, भक्तपुरका ६५, नवलपरासीका ६२, रुपन्देहीका ५७ र ६७ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए ।
यससंगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ सय २१ पुगेको छ ।