प्यारालाईसिसले थलिएका नेम्बाङ दाम्पतीलाई दिदी भाईको सहयोग - Mangsebung News
  • मङ्गलबार, जेठ ०८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

प्यारालाईसिसले थलिएका नेम्बाङ दाम्पतीलाई दिदी भाईको सहयोग

दमक । विगत २ वर्ष यता प्यारालाईसिसले थलिएका साङदाङगेनवरुमसाबा होमकर्ण नेम्बाङ र उनको जीवन संगीनी आईतमाया हाङगामलाई आर्थिक सहयोग प्रदान गरिएको छ ।

दमक–३, दुम्से निवासी हाल स्विडेनमा रहनुभएका सुमन नेम्बाङबाट १० हजार र इजराइलमा रहनुभएका सुमन नेम्बाङकै दिदी भिमादेबि नेम्बाङबाट ५ हजार गरि जम्मा १५ हजार नेम्बाङ दम्पतिलाइ आर्थिक सहयोग प्रदान गरिएको हो ।

आइतबार दमक ३, दुम्से स्थित निवासमा गएर सो सहयोग रकम आमा सोममाया नेम्बाङले बिरामी नेम्बाङ दम्पतिलाई हस्तान्तरण गरेको हो ।

यस अघि माङसेबुङ सेवा समाज दक्षिण कोरियाले संयोजन गरि बैदेशिक रोजगारीको शिलशिलामा दक्षिण कोरिया पुगेका नेपाली दाजुभाईबाट संकलन गरिएको ४२ हजार रुपैयाँे नेम्बाङ दम्पतिलाई सहयोग प्रदान गरिएको थियो ।

विगत दुई वर्षदेखि प्यारलाईसिस्ले थलो पारेका नेम्बाङ दम्पतिलाई ३ महिनाको अन्तरालमा प्यारलाईसिस् लागेको थियो ।

सुरुमा बुढाबुढी दुबै जनाको हातखुट्टा नै नचल्ने अवस्था रहेको थियो । लामो समय सम्मको उपचार पछि अहिले सामान्य उठ्न बस्न सक्ने भएका छन ।

किरात ज्योतिसविद रन्धोज नेम्बाङको साईला छोरा होमकर्ण नेम्बाङ साङदाङगेनवरुमसाबा हुन् । उनले लामो समयसम्म किरात धर्ममा योगदान पुयाएका छन् ।

सम्बन्धित खवर