कोरोनाबाट नेपालमा थप ७ जनाको मृत्यु, मृतकको संख्या २२८ पुग्यो - Mangsebung News
  • शनिबार, असार २१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कोरोनाबाट नेपालमा थप ७ जनाको मृत्यु, मृतकको संख्या २२८ पुग्यो

काठमाडौं । नेपालमा कोरोना भाइरस(कोभिड–१९)को संक्रमणबाट ७ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोनाबाट देशभर मृत्यू हुनेको संख्या २ सय २८ पुगेको छ ।

स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयका प्रवक्ता डा.जागेश्वरले पछिल्लो २४ घण्टामा ३ महिला र ४ पुरुषसहित ७ जनाको मृत्यु भएको जनाएको छ ।

मन्त्रालयका अनुसार महोत्तरीमा ४ वर्षीया बालिका, गोरखामा ६५ वर्षीया महिला र रुपन्देहीमा ६८ वर्षीया महिलाको मृत्यु भएको छ ।

त्यस्तै झापामा ८६ वर्षीय पुरुष, रौतहटमा ४० वर्षीय पुरुष, चितवनमा ७८ वर्षीय पुरुष र भक्तपुरमा ७७ वर्षीय पुरुषको ज्यान गएको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या पनि ३९ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा ८ सय ९९ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खवर