झापामा थप ४ जना समुदायमा कोरोना पुष्टि - Mangsebung News
  • बुधबार, जेठ ०९, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

झापामा थप ४ जना समुदायमा कोरोना पुष्टि

दमक । झापामा थप ४ जना समुदायमा कोरोना भाइरस(कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

सोमबार संक्रमित हुनेहरु झापाको कमल गाउँपालिकामा समुदायका दुई पुरुष र दुई महिला गरि थप चार जना रहेका छन् ।

गाउँपालिका अध्यक्ष मेनुका काफलेका अनुसार वडा नं ३ र वडा नं ५ का एक–एक पुरुष र वडा नं ६ का दुई महिलामा संक्रमण पुष्टि भएको हो ।

वडा नं ३ मा मात्र समुदायमा संक्रमण देखिएकोमा वडा नं ५ र ६ मा पनि त्यो फैलिदै गएको उनले बताइन् ।

योसंगै कमल गाउँपालिकामा हालसम्म २४ जनामा संक्रमण पुष्टि भएको छ । त्यसमध्ये १९ जना समुदायका रहेका छन् ।

अहिलेसम्म कमल गाउँपालिकामा कोरोनाकै कारण एकजनाको मृत्यु भइसकेको छ ।

सम्बन्धित खवर