दमकमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि - Mangsebung News
  • शनिबार, असार २१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

दमकमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि

दमक । झापाको दमकमा थप ९ जनामा कोरोना भाइरस(कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

यो संगै झापाको दमकमा कोरोना भाइरस(कोभिड–१९) संक्रमितको संख्या १ सय ६ पुगेको छ ।

मंगलबार दमक नगरपालिकाको क्वारेन्टाइन ब्यवस्थापन समिति सचिव कुवेर भट्टराईका अनुसार यसअघि संक्रमण देखिएकाहरुको कन्टयाक्ट ट्रेसिङका आधारमा स्वाब परीक्षण गर्दा ९ जनामा कोरोना भाइरस(कोभिड–१९) संक्रमण पुष्टि भएको हो ।

जम्मा १ सय १६ जनाको स्वाब परीक्षणका लागि पठाईएकोमा नौ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

यसैगरि अहिले सम्ममा ५२ जना उपचार पछि निको भएर घर फर्किएका छन् ।

सम्बन्धित खवर