नेपालमा थप १ हजार १ सय २० जनामा कोरोना पुष्टि, संक्रमित ४१ हजार नाघ्यो - Mangsebung News
  • शनिबार, असार २१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेपालमा थप १ हजार १ सय २० जनामा कोरोना पुष्टि, संक्रमित ४१ हजार नाघ्यो

काठमाडौं । नेपालमा थप १ हजार १ सय २० जनामा कोरोना भाइरस(कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

यो सँगै नेपालमा कोरोना भाइरस(कोभिड–१९) संक्रमितको संख्या ४१ हजार ६ सय ४९ पुगेको छ ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना अपडेटबारे नियमित प्रेस ब्रिफिङमा पछिल्लो २४ घन्टामा देशभरका विभिन्न जिल्लामा गरि थप १ हजार ६९ जनामा कोरोना भाइरसको संक्रमण भएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका थप १ हजार १ सय २० जनासहित देशभर संक्रमितको संख्या ४१ हजार ६ सय ४९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये नेपालमा २३ हजार २ सय ९० जना उपचारपछि घर फर्किएका छन् भने मृत्यू हुनेको संख्या २ सय ५१ जना पुगेकोे छ ।

सम्बन्धित खवर