झापामा थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि - Mangsebung News
  • शनिबार, असार २१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

झापामा थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

दमक । झापामा थप १४ जनामा कोरोना भाइरस(कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यो संगै झापामा कोरोना भाइरस संक्रमितको संख्या ६ सय ४ पुगेको छ ।

बुधबार स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौंलागाईका अनुसार संक्रमितहरु कमल गांऊपालिकाका वडा नः ३ का ३ महिला र ३ पुरूष, मेचीनगर वडा नः ६ का ३ पुरूष रहेका छन् ।

यसैगरि विर्तामोड वडा नः ५ र ६ का १ महिला र २ पुरूष, हल्दिवारी वडा न ५ का १ महिला र गौरीगन्ज वडा नः २ का १ पुरूष रहेका छन् ।

चौलागाइका अनुसार संक्रमितहरू कमल र हल्दिवारीका स्थानिय वासिन्दा हुन् भने अन्य भारतबाट आएका हुन् ।

सम्बन्धित खवर