ताप्लेजुङमा चट्याङले लागेर १ जनाको मृत्यु - Mangsebung News
  • शनिबार, असार २१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

ताप्लेजुङमा चट्याङले लागेर १ जनाको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा चट्याङले लागेर १ जनाको मृत्यु भएको छ । फुङलिङ १० बस्ने ३० बर्षीया दुर्गा बिष्ट भट्टराईको चट्याङले लागेर मृत्यु भएको हो ।

मंगलबार अपरान्ह पौने ५ बजे घर बाहिर रहेको अवस्थामा चट्याङले लागेर भट्टराई घाईते भएकी थिइन् ।

उनको जिल्ला अस्पताल ताप्लेजुङमा उपचारको क्रममा राती सवा ८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

सम्बन्धित खवर