
दमक । झापामा थप १२ जनामा कोरोना भाइरस(कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यो संगै झापामा कोरोना भाइरस संक्रमितको संख्या ६ सय १५ पुगेको छ ।
बिहिबार स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौंलागाईका अनुसार संक्रमितहरु कमल गाउँपालिका वडा न. ३, का २ महिला र ४ पुरूष, विर्तामोड वडा न. ५, का ४ महिला र १ पुरूष र अर्जुनधारा वडा न. ८ का १ पुरूष रहेका छन् ।
यसैगरि विर्तामोड वडा नः ५ र ६ का १ महिला र २ पुरूष, हल्दिवारी वडा न ५ का १ महिला र गौरीगन्ज वडा नः २ का १ पुरूष रहेका छन् ।

चौलागाइका अनुसार संक्रमितहरू कमल र बिर्तामोडका स्थानिय वासिन्दा हुन् भने अर्जुनधाराका भारतबाट आएका हुन् ।