झापामा थप २६ जना कोरोना संक्रमित - Mangsebung News
  • शनिबार, असार २१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

झापामा थप २६ जना कोरोना संक्रमित


झापा । झापामा पछिल्लो २४ घन्टामा थप २६ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय झापाले जनाए अनुसार झापामा शुक्रबार थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएकोे हो । संक्रमितहरुमा ७ महिला र १९ जना पुरुषहरु रहेका छन् ।

संक्रमितहरु मेचीनगर नगरपालिका वडा नं. ७ र १० का ४ पुरूष, झापा गाउँपालिकाका वडा नंं. १ का ३ जना पुरुष, गौरीगन्ज गाउँपालिका वडा नं. ५ का १ जना पुरुष, दमक नगरपालिका वडा नं. ६, ७ र ८ का ३ महिला र २ जना पुरुष, कन्काई नगरपालिका वडा नं. ३ र ५ का ८ जना पुरुष र २ जना महिला, भद्रपुर नगरपालिकाक २ जना प्रहरी र कचनकवल गाउँपालिका वडा नं. ७ का १ पुरुष रहेका छन् ।

झापा गाउँपालिकाक र कचनकवलका संक्रमितहरु भारतबाट आएका हुन् भने अन्य सबै जना स्थानीय बासिन्दा रहेकोे स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

यो संगै झापामा कुल संक्रमितको संख्या ६४१ पुगेको छ र ४८१ जना कोरोना मुक्त भएका छन् ।

सम्बन्धित खवर