अङसीमाङ ६७ औं शुभ जन्मोत्सव मुल समारोह गठन - Mangsebung News
  • शनिबार, बैशाख १९, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

अङसीमाङ ६७ औं शुभ जन्मोत्सव मुल समारोह गठन

माङसेबुङ । मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यूको ६७ औं शुभ जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूको नुमाङगेन्ना सेवा मूल समारोह समिति गठन गरिएको छ ।

बिहीबार माङसेबुङमा अवस्थित किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिको कार्यालयमा आयोजित किरात धार्मिक संस्थाहरुको संयुक्त बैठकले सो समारोह गठन गरेको हो ।

किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङको अध्यक्षतामा गठित मूल समारोह समितिमा सह अध्यक्ष किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रीय अध्यक्ष डकेन्द्रसिंह थेगिम रहेका छन् ।

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) सम्बन्धि नेपाल सरकारले लागू गरेको नीति तथा आचारसंहितालाई पालना गर्दै, यस वर्ष मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यूको ६७ औं शुभ जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूको नुमाङगेन्ना सेवा मनाउने गरी मूल समारोह समिति गठन गरिएको समारोहका महासचिव काकीराम लाओतीले बताएको छ ।

विभिन्न राष्ट्रका किरात धर्मावलम्बीहरुको आगमन हुने सो जन्मोत्सव समारोहलाई सम्पन्न गर्न विभिन्न विभागहरु गठन गरिएको जनाइएको छ ।

सम्बन्धित खवर