झापामा थप ५ जना कोरोना संक्रमित - Mangsebung News
  • शनिबार, असार २१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

झापामा थप ५ जना कोरोना संक्रमित


झापा । झापामा शनिवार थप ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौंलागाईंका अनुसार दमक नगरपालिकाका वडा न ः २ र ८ का १ महिला र २ पुरुष रहेका छन् ।

त्यस्तै विर्तामोड नगरपालिका वडा न. २ का १ पुरुष र शिवसताक्षी नगरपालिकाका वडा न. २ का १ पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

आज संक्रमण पुष्टि हुनेमा सबै स्थानीयबासी रहेका चौंलागाईंले बताए ।

यो संगै झापामा कुल संक्रमितको संख्या ६४६ जना पुगेको छ भने ४८१ जना निको भएर घर फर्किएका छन् ।

सम्बन्धित खवर