झापामा हत्याको आरोपमा एक युवा पक्राउ - Mangsebung News
  • शनिबार, असार २१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

झापामा हत्याको आरोपमा एक युवा पक्राउ

झापा । झापाको शिवसताक्षीमा गोमनसिंह मगरको हत्या गरेको आरोपमा एक युवा पक्राउ परेका छन् ।

मगरको हत्याको आरोपमा शिवसताक्षी नगरपालिका–८ का ३२ वर्षीय मनकुमार लिम्बू पक्राउ परेका हुन् ।

उनले बहराइनबाट छ महिनाअघि फर्केका शिवसताक्षी नगरपालिका–११ का आफ्नै साथी २९ वर्षीय गोमनसिंह मगरको दुई दिनअघि लेनदेनमा विवाद भएपछि जङ्गलमा लगी हत्या गरेको प्रहरीले जनाएको छ ।

लिम्बुले साँझतिर हावा खान जाऔँ भनी मृतककै मोटरसाइकलमा चढेर जङ्गलतिर जाने क्रममा गुडिरहेको मोटरसाइकलमै पछाडिबाट धारिलो कर्दले घाँटी रेटेको अभियुक्त लिम्बूले बयान दिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए ।

प्रहरीले अभियुक्त लिम्बूलाई शुक्रबार पक्राउ गरी अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाइसकेको जनाएको छ ।

प्रहरीले घटनास्थल वरपरबाट मृतकले चलाएको मोटरसाइकल, आइफोन, धारिलो कर्द र अभियुक्तले प्रयोग गर्दै आएको मोबाइल फोन बरामद गरेको छ ।

सम्बन्धित खवर