ताप्लेजुङमा माछा मार्ने क्रममा दुई जना बेपता - Mangsebung News
  • शनिबार, असार २१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

ताप्लेजुङमा माछा मार्ने क्रममा दुई जना बेपता


ताप्लेजुङ / ताप्लेजुङमा माछा मार्ने क्रममा तावाखोलाले बगाएर दुई जना बेपता भएका छन् ।

सिदिङ्वा गाउँपालिका–७ सुरुम्खिमका ३२ वर्षीय सूर्यमान लिम्बू र ३६ वर्षीय सुमन लिम्बू शनिबार दिउँसो माछा मार्ने क्रममा तावाखोलाले बगाएर बेपत्ता भएका हुन् ।

ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले दुई युवकलाई खोलाले बगाएर बेपत्ता बनाएको भन्ने खबर पाउनासाथ प्रहरीचौकी खेबाङबाट प्रहरी टोली घटनास्थलतर्फ खटाएको जानकारी दिए । प्रहरी र स्थानीय सहितको टोलीले बेपत्ता हुनेको खोजी कार्य जारी राखेका पनि श्रेष्ठले बताए ।

सिरिजङ्घा गाउँपालिका–७ खेबाङ र सिदिङ्वा गाउँपालिका–७ सुरुम्खिमको सिमाना भई बग्ने तावाखोलाको लुम्ला भन्ने ठाउँबाट उनीहरु बगेर बेपत्ता भएको बताइएको छ ।

सम्बन्धित खवर