झापामा १२ जना स्वनस्थ्य कर्मी सहित थप ३१ जना संक्रमित - Mangsebung News
  • शुक्रबार, चैत १६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

झापामा १२ जना स्वनस्थ्य कर्मी सहित थप ३१ जना संक्रमित


झापा । झापामा आइतबार १२ जना स्वास्थ्य कर्मी सहित एकैदिन थप ३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौंलागाईंका अनुसार १६ जना महिला र १५ जना पुरुष गरि ३१ जना संक्रमण थपिएका हुन् ।

आइतबार संक्रमित हुनेहरुमा मेचीनगर वडा न. ६ र ७ का ४ जना पुरुष र १ जना महिला गरि ५ जना रहेका छन् । उनीहरु मध्ये २ जना सुरक्षाकर्मी हुन् भने अन्य भारतबाट आएका हुन् ।

यस्तै विर्तामोड नगरपालिका वडा न ः३, ५, ६ र ९ का १३ जना महिला र २ जना पुरुष गरि १५ जना रहेका छन् । जसमध्ये १२ जना स्वास्थ्य कर्मीसहित ३ जना स्थानीय रहेका छन् । जसमा १ जना महिला स्वास्थ्यकर्मी मेचीनगरकी हुन् ।

त्यस्तै कमल गाउँपालिका वडा न. ३ का ३ महिला र ८ पुरुष गरि जम्मा ११ जना स्थानीयबासीमा पनि संक्रमण देखिएको छ । उनीहरु २५ देखि ७७ बर्ष उमेर समुहका छन् ।

त्यस्तै आज कन्काई नगरपालिका ३ की ४५ बर्षिया महिलाको कोरोनासंक्रमणबाट बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ ।

यो संगै झापामा कुल संक्रमितको संख्या ७०७ जना पुगेको छ भने ४८१ जना निको भएर घर फर्किएका छन् ।

सम्बन्धित खवर