झापामा सोमबार थप १५ जना कोरोना संक्रमित - Mangsebung News
  • शनिबार, बैशाख ०८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

झापामा सोमबार थप १५ जना कोरोना संक्रमित


झापा । झापामा सोमबार थप १५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

संक्रमित हुनेहरु कनकाई नगरपालिका वडा न. ३ र ७ का १३ जना रहेका छन् । जसमध्ये १२ जना स्थानीयबासी र एक जना भारतबाट आएका व्यक्ति रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौंलागाईंले जानकारी दिए ।

त्यस्तै बाह्रदशी गाउँपालिका वडा न ५ का १ जना रहेका छन् । उनी अटो चालक रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

त्यस्तै विर्तामोड नगरपालिका वडा न ः ६ का १ जनामा पनि संक्रमण पुष्टि भएको छ । उनको स्थायी ठेगाना उर्लाबारी भएको चौंलागाईंले जानकारी दिए ।

सम्बन्धित खवर