पान्थरमा ४ जना प्रहरी सहित ६ जना कोरोना संक्रमित - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पान्थरमा ४ जना प्रहरी सहित ६ जना कोरोना संक्रमित


पाँचथर । पान्थरमा सोमबार ४ जना प्रहरीसहित ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान धरानमा गरिएको स्वाब परीक्षणमा उनीहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

जिल्ला प्रहरी कार्यालय पाँचथरमा कार्यरत ३३ वर्षीय २ सहित तथा २६ र ३८ वर्षीय प्रहरीमा संक्रमण देखिएको हो ।

यस्तै पाँचथर अस्पताल फिदिमको भवन निर्माणमा खटिएका ३८ वर्षीय एक मजदुर र राँके घर भएका एक जनामा पनि कोरोना संक्रमण देखिएको छ।

संक्रमित सबैलाई शिक्षा स्रोत केन्द्र भवनको आइसोलेसनमा राखिएको स्वास्थ कार्यालय पाँचथरले जनाएको छ ।

अहिलेसम्म पान्थरमा २१ जनामा संक्रमण देखिएको छ । ती मध्ये १३ जना निको भएर घर फर्केका छन भने ८ जना उपचाररत रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

सम्बन्धित खवर