टी–ट्वान्टी वरीयता अष्ट्रेलिया शीर्ष, नेपालको यथावत - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

टी–ट्वान्टी वरीयता अष्ट्रेलिया शीर्ष, नेपालको यथावत

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी–ट्वान्टी नयाँ वरीयतामा नेपाल १५ औं स्थानमा यथावत रहन सफल भएको छ ।

आईसीसीले मंगलबार अपडेट गरेको नयाँ वरीयतामा नेपाल यथावत १५ औं स्थानमा रहेको हो । नयाँ वरीयतामा नेपालको २३ खेलमा १ सय ८० रेटिङ अंक रहेको छ ।

यसैगरि अष्ट्रेलिया टी–ट्वान्टी वरियताको शीर्ष स्थानमा फर्किएको छ । इंग्ल्यान्डविरुद्धको अन्तिम तथा तेस्रो टी–ट्वान्टीमा ५ विकेटको जित निकालेसँगै अष्ट्रेलिया शीर्ष स्थानमा उक्लिएको हो ।

अष्ट्रेलियाको २२ खेलमा २ सय ७५ रेटिङ अंक छ । दोस्रो स्थानको इंग्ल्यान्डको समान खेलमा २ सय ७१ रेटिङ अंक रहेको छ ।

यसैगरि नयाँ वरीयतामा भारत तेस्रो, पाकिस्तान चौंथो र दक्षिण अफ्रिका पाँचौ स्थानमा रहेका छन् ।

नेपालको टी–ट्वान्टीमा ११ औं स्थान सर्वाधिक उच्च वरीयता हो । एसोसियट राष्ट्रमा नेपाल भन्दा अघि स्कटल्याण्ड र युएई रहेको छ । स्कटल्याण्ड १४ र युएई १३ औं स्थानमा रहेका छन् ।

सम्बन्धित खवर