पान्थरमा बलात्कार आरोपमा प्रिन्सिपल पक्राउ - Mangsebung News
  • शनिबार, असार २१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पान्थरमा बलात्कार आरोपमा प्रिन्सिपल पक्राउ


फिदीम ।
पान्थरको फिदिम नगरपालिकामा सञ्चालित एक बोर्डिङ स्कुलका प्रिन्सिपल बलात्कार आरोपमा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा निलकण्ठ सेकेन्डरी बोर्डिङ स्कुलका प्रिन्सिपल कुलराज सुब्बा रहेका छन् ।

सो बोर्डिङ स्कुलमा कक्षा ७ मा अध्ययनरत १४ वर्षीया छात्रालाई जबरजस्ती करणी गरेको आरोपमा प्रिन्सिपल सुब्बा पक्राउ परेका हुन् ।

पीडित छात्राका बुवाले जबरजस्ती करणीको मुद्धा दर्ता गरेपछि सुब्बालाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक रोमनराज अर्यालले जानकारी दिए । छात्राका बुवाका अनुसार कोरोनाका कारण विद्यालय सञ्चालन नभएपछि छोरी घरमै बसिरहेकी थिइन् ।

करिब १५ दिन अघि प्रिन्सिपल सुब्बाले फोन गरेर विद्यालयले ट्युसन कक्षा सञ्चालन गरिरहेकाले छोरीलाई पठाईदिन भनेपछि ती छात्रा विद्यालय आएकी थिइन् । विद्यालयको होस्टेलमा बस्दै आएकी छात्रालाई सुब्बाले शनिबार राती जबरजस्ती करणी गरेको आरोप लागेको छ । प्रिन्सिपल सुब्बाले छात्रालाई होस्टलमा बन्धक जस्तै बनाएर अनैतिक काम गरेको आरोप लागेको छ ।

सम्बन्धित खवर