पोखरीमा डुबेर मृत्यु भएका परिवारलाई क्षतिपुर्ती स्वरुप जनही १० लाख दिने - Mangsebung News
  • शनिबार, असार २१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पोखरीमा डुबेर मृत्यु भएका परिवारलाई क्षतिपुर्ती स्वरुप जनही १० लाख दिने


झापा । झापाको भद्रपुर नगरपालिका–२, पृथ्वीनगरस्थित कमलधाप पर्यटन तथा सिमसार क्षेत्रको निर्माणाधीन पोखरीमा डुबेर मृत्यु भएका तीन जना बालकको परिवारलाई भदौ मसान्तभित्र नगरपालिकाले राहत दिने भएको छ ।

नगरपालिकाले तीन जना बालकको परिवारलाई क्षतिपुर्ती स्वरुप जनही १० लाखको दरले दिने सहमती भएको हो ।

मृतक बालकको परिवारलाई ३५ दिनभित्र राहत दिने पाँच बुँदे सहमतिअनुसार नै भद्रपुर नगरपालिकामा पीडित पक्ष, जनप्रतिनिधि र सरोकारवालाबीच छलफल गरि दुई चरणमा राहत दिने सहमति भएको नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

मृतकका परिवारलाई १० लाख दिने सहमतिअनुसार पहिलो चरणमा तामाङ परिवारलाई सात लाख र थामी परिवारलाई १३ लाख भदौ मसान्तभित्र दिने निर्णय भएको हो । सो रकम संघीय, प्रदेश, नगरपालिकाको आन्तरिक स्रोत, विपद् व्यवस्थापन समिति र निर्माण कम्पनीबाट जुटाइएको मेयर श्रेष्ठले बताए । दोस्रो चरणको बाँकी राहत रकम ६ महिनाभित्र दिने सहमती भएको बताए ।

उक्त निमार्णाधिन पोखरीमा डुबेर गत साउन ७ गते भद्रपुर–२ डिगाउँ बस्ने अनिल तामाङको १० वर्षीय छोरा अंकुश तामाङ, बिर्तामोड नगरपालिका ९ घर भई हाल भद्रपुर मावाला बस्दै आएका दीपक थामीका दुई छोरा १४ वर्षीय करण र ११ वर्षीय अर्जुन थामीको मृत्यु भएको थियो ।

सम्बन्धित खवर