शुक्रबार दमकमा १० जना सहित झापामा थप १५ जना कोरोना संक्रमित - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

शुक्रबार दमकमा १० जना सहित झापामा थप १५ जना कोरोना संक्रमित


दमक । झापामा शुक्रबार थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

संक्रमित मध्ये दमक नगरपालिकामा १० जना संक्रमित भएको दमक नगरपालिकाले जनाएको छ ।

त्यसतै स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईका अनुसार बिर्तामोडमा २ जना, मेचीनगरमा ३ जना रहेका छन् ।

मेचीनगरका २ जना भारतबाट आएका हुन् भने १२ जना स्थानीयमा कोरोना पुष्टि भएको चौलागाईले जानकारी दिए ।

योसंगै झापामा जम्मा संक्रमितको संख्या ७ सय ३९ पुगेको छ । संक्रमित मध्ये ५ सय २५ जना उपचारपछि घर फर्किएका छन् ।

सम्बन्धित खवर