झापामा करेन्ट लगाएर माछा मार्ने क्रममा शिक्षकको निधन - Mangsebung News
  • मङ्गलबार, बैशाख ११, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

झापामा करेन्ट लगाएर माछा मार्ने क्रममा शिक्षकको निधन


दमक । झापामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जना शिक्षकको निधन भएको छ ।

झापाको दमकस्थित हिमालय माध्यमिक विद्यालयमा कार्यरत शिक्षकको करेन्ट लागेर निधन भएको हो ।

शिवसताक्षी नगरपालिका ८ धरमपुर घर भएका ३५ वर्षिय महेन्द्रराज शेर्माको करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर मृत्युु भएको हो । उनी करिब ४ बर्षदेखि दमकको हिमालय माविमा कार्यरत थिए ।

घर छेऊमा रहेको पानीमा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर घाइते भएका शेर्मालाई उपचारका लागि दमकको लाइफलाइन हस्पिटल पु¥याउँदा दिउँसो ४ः१० मा चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए ।

सम्बन्धित खवर