असोज १ गतेदेखि नै आन्तरिक उडान र लामो दूरीका यातायात सञ्चालन हुने - Mangsebung News
  • शनिबार, बैशाख ०८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

असोज १ गतेदेखि नै आन्तरिक उडान र लामो दूरीका यातायात सञ्चालन हुने

काठमाडौं । असोज १ गतदेखि नै सरकारले लामो दूरीका यातायात र आन्तरिक उडान खोल्ने निर्णय गरेको छ ।

सरकार प्रवक्ता प्रदीप ज्ञवालीले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै लामो दूरीका यातायात र आन्तरिक उडान सञ्चालन गर्न सकिने निर्णय भएको जानकारी दिए ।

प्रवक्ता ज्ञवालीले गाडी सञ्चालनका लागि ५० प्रतिशत सिट क्षमतामा मात्रै यात्रु राख्न पाउने र भाडा पनि ५० प्रतिशत धेरै लिन पाउनेगरी व्यवस्था गरिएको बताए ।

उनले आन्तरिक उडानका क्रममा पनि स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्नुपर्ने बताए । जहाजमा यात्रा गर्दा ७२ घन्टा अघिसम्मको पिसिआर रिपोर्ट चाहिने ज्ञवालीको उनको भनाइ छ ।

हवाई भाडादर भने संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले तोक्ने भएको छ ।

सम्बन्धित खवर