दमकका ८ सहित झापामा थप २३ जना कोरोना संक्रमित - Mangsebung News
  • शुक्रबार, चैत १६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

दमकका ८ सहित झापामा थप २३ जना कोरोना संक्रमित


झापा । झापामा बुधबार थप २३ जना कोरोना भाइरसको संक्रमित थपिएको छ ।

जनस्वास्थ्य कार्यालय झापाका अनुसार ७ महिला र १६ जना पुरुष गरि जम्मा २३ जना संक्रमित थपिएका हुन ।

थपिएका संक्रमितहरु मध्ये दमक नगरपालिकाका ८, १९, २५, ४७, ४४, ४७, ५० वर्षीय पुरुष र १४ वर्षीय महिला रहेका छन् । उनीहरु मध्ये ५ जना कन्ट्याक ट्रेसिङबाट ५ जना र ३ जना अग्र पंत्तिको कर्मचारी रहेका छन् ।

त्यस्तै बाह्रदशी गाउँपालिका ५ का २ महिला र ३ पुरुष रहेका छन् । उनीहरु स्थानीय बासिन्दा हुन् ।

भद्रपुर नगरपालिका वडा न ः ६, ७ र ८ का १ महिला र ३ जना पुरुषहरु रहेका छन् । उनीहरु ३ जना भारतबाट आएका हुन् । १ जना भने सुरक्षाकर्मी हुन ।

गौरादह नगरपालिका वडा नः ५ का १ जना भारतबाट आएकी महिलामा संक्रमण पुष्टि भएको छ । त्यस्तै मेचीनगर नगरपालिका वडा न ५ का भारतबाट आएका १ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै शिवसताक्षी नगरपालिका वडा नः ३, ६ र ११ का २ जना महिला र २ जना पुरुषमा संक्रमण पुष्टि भएको छ । उनीहरु मध्ये १ जना भारतबाट आएका, २ जना स्वास्थ्यकर्मी तथा १ जना स्थानीयबासी रहेको छ ।

यो संगै झापामा कोरोना संक्रमितको संख्या ७ सय ७० पुगेको छ ।

सम्बन्धित खवर