रतुवा खोलामा एक बृद्धको शव फेला - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

रतुवा खोलामा एक बृद्धको शव फेला


दमक । बिहीबार बिहान रतुवा खोलामा एक बृद्धको शव फेला परेको छ ।

इलामको चुलाचुली ५ चपेटी स्थित बुकुवा सिंचाई नहरको मुहान देखि अन्दाजी ५० मिटर तल रचुवा खोलामा एक वृद्धको मृत अवस्थामा शव फेला परेको हो ।

खोलाको ढुंगामा शव अड्किरहेको अवस्थामा स्थानियले विहानै देखे पछि प्रहरीलाई खबर गरेका थिए । खबर पाएपछि उक्त स्थानमा प्रहरी चौकी पेल्टीमारीबाट प्रहरी टोली पठाईएको प्रहरी चौकी पेल्टीमारीका ईन्चार्ज जिवनकुमार कार्कीले जानकारी दिए ।

मृत अवस्थामा भेटिएका बृद्धको सनाखत हुन बाँकी हरेको छ ।

सम्बन्धित खवर