
झापा । झापामा बिहीबार थप ४ जना कोरोना भाइरसको संक्रमित थपिएको छ ।
जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौंलागाईंका अनुसार भद्रपुर नगरपालिकाका १ जना पुरुष, कन्काई नगरपालिकाका २ जना पुरुष र झापा गाउँपालिकाका १ जना पुरुष गरी थप ४ जनामा कोरोना पुष्टि भएको हो ।
संक्रमित मध्ये एक जना भद्रपुर नगरपालिकाका ब्यापारी रहेका छन् । अन्य भने स्थानीय बासिन्दा रहेको चौंलागाईंले बताए ।
यो संगै झापामा कोरोना संक्रमितको संख्या ८ सय २२ पुगेको छ ।