
झापा । प्रेस क्लब मेचीनगरद्धारा दुई जना पत्रकार सम्मानित भउका छन् । सम्मानित हुने पत्रकारहरुमा जीएन शर्मा र खगेन्द्र घिमिरे रहेका छन् ।
मेचीनगर पत्रकारिता पुरस्कारबाट मेचीनगरबाट प्रकाशित चौतारी पोष्टका सम्पादक शर्मालाई रु ११ हजार १ सय ११ नगदसहित सम्मान गरेको हो । त्यस्तै मेचीनगर उद्यमान पत्रकारिता पुरस्कारबाट अनुसन्धान अनलाइन टिभीका सम्पादक घिमिरेलाई रु पाँच हजार ५ सय ५५ नगदसहितसम्मान गरिएको हो ।
काँकडभिट्टामा प्रेस क्लबको अधिवेशनको उद्घाटनसत्रमा प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले उनीहरुलाई सम्मान गरेका हुन् ।