दमकमा ३ जना गरि झापामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि - Mangsebung News
  • मङ्गलबार, जेठ ०१, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

दमकमा ३ जना गरि झापामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि

दमक । दमकका थप ३ जना गरि झापामा थप ९ जनामा कोरोना भाइरस(कोभिड–१९)को संक्रमण पुष्टि भएको छ ।

यो संगै झापामा कोरोना संक्रमितको संख्या ८६० पुगेको छ । जसमध्ये ७८६ जना निको भएर घर फर्किएका छन् भने ६९ जना उपचाररत छन् ।

मंगलबार स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौंलागाईंका अनुसार २ जना महिला र ७ जना पुरुषहरुमा संक्रमण पुष्टि भएको हो ।

संक्रमितहरु दमक नगरपालिकाका १ जना महिला ३ जना पुरुषहरु रहेका छन् । संक्रमितहरुमा सुन व्यापारी, यातायात व्यवसायी र एक स्वास्थ्यकर्मीका श्रीमान रहेका छन् ।

झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

सम्बन्धित खवर