क्यान्सर पीडित केरुङलाई आर्थिक सहयोग - Mangsebung News
  • मङ्गलबार, जेठ ०१, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

क्यान्सर पीडित केरुङलाई आर्थिक सहयोग

माई । प्रवासी ईलामेली जनसम्पर्क मञ्च मलेसियाले ईलामको माई नगरपालिका २ रातेखाडीका क्यान्सर पिडित हरीप्रसाद केरूङलाई आर्थिक सहयोग गरेको छ ।

ईलामेली जनसम्पर्क मञ्च मलेसियाले लामो समदेखि क्यान्सर पीडित भई भरतपुर क्यान्सर अस्पताल चितवनमा उपचार गराईरहेका केरुङको थप उपचारका लागि ६० हजार रुपैयाँ सहयोग गरेको हो ।

संस्थाका सक्रिय सदस्य शुकबहादुर राईरलिपाहाङ खम्बूको सक्रियतामा प्रवास भूमि मलेसियामा रहेका इलामेलीहरुबाट संकलित रकम माई नगरपालिका ६ का समाजसेवी तथा युवा सशक्तीकरण नगर संजालका अध्यक्ष बुद्धराज लिम्बू योङहाङमार्फत विरामीलाई पठाएको हो ।

वडा नम्बर २ का अध्यक्ष खम्बसिं लिम्बूलगायत वडा सदस्यरकर्मचारीहरुको उपस्थितिमा पीडित परिवारलाई रकम हस्तान्तरण गरिएको हो ।

क्यान्सरपीडित केरुङको थप उपचारका लागि काठमाडौं लगिएको छ ।

सहयोगीको नामावली :

राज कुमार चबेगु लिम्बु
लिलानथ फुएल
सुजान लिम्बू
रन्जित राई
जीवन सुनुवार
बिर्ख गुरुङ
नरेद्र राई
निशा लिम्बु श्रेष्ठ
एरजा मनोजरसाइली
टेक मगर
सुनिलकुमार यादव
प्रवास मलेसिया इलामेली जनसम्पर्क समाज अध्यक्ष : योगेन मिघिरे
सचिव : डिबि खत्री
अभियानता : सुकबहादुर राईरलिपाहाङ खम्बु

सम्बन्धित खवर